बैकुण्ठराज पराजुली . पछिल्लो समय रिलिजको क्रममा रहेको फिल्म ’प्रेम गीत’को प्रचारको लागी अहिले निर्देशक सुदर्शन थापासँगै ’प्रेमगीत’ टिम मरिमेटेर लागेको छ ।
फिल्मको टाईटल गीतले जन्माएको हाईपले फुरुङ्ग निर्माण टिम त्यसलाई थप सदुपयोग गर्दै थप प्रचार प्रसारको लागि मोफसलमा छ । पुर्वी नेपालमा निर्माता सन्तोष सेन लागिपरिरहँदा पश्चिममा निर्देशक थापासँगै अभिनेता प्रदिप खड्का, अभिनेत्री पूजा शर्मा पब्लिसिटीमा जमिरहेका छन् ।
यो बीचमा क्रिशमसको छेकोमा पोखरामा आयोजित फेशन शो तथा सांगितिक कार्यक्रममा ‘प्रेम गीत’ टिम पुग्यो । निर्देशकदेखी कलाकारहरु स्टेजमा पुग्दा ’टाईटल गीत’ सँगै गुञ्जिएको आवाज र हुटिङले माहोल थप गरम पारेको थियो । जहाँ ’प्रेम गीत’टिमले फिल्मको बारेमा जानकारी गराउँदै हेरिदिन आग्रह मात्र गरेन, फिल्मको गीत र ट्रेलर प्रस्तुत गर्दै पुषको जाडोलाई प्रेमका शब्दले गरम बनाईदियो ।
देशव्यापी रुपमा कन्सर्ट समेत गर्नेदेखी कभर गीत प्रतिस्पर्धा गर्दै उत्कृष्टलाई १ लाख पुरस्कार दिने घोषणासँगै प्रचारमा लागेको ’प्रेम गीत’ निर्माण युनिटले हरेक ठाउँमा पाएको दर्शकको प्रतिक्रियाले उत्साहित भएको बताएको छ ।माघ २९ मा फिल्म रिलिज हुँदै गर्दा अन्य दुई फिल्म समेत रिलिज हुने पक्का भएपछि प्रचारमा थप कसरत गर्नुपर्नेमा समेत निर्देशक सुदर्शन र निर्माता सन्तोष सचेत देखिएका छन् ।