बागमती प्रचारमा किन छैनन केकी ?

0
501
बैकुण्ठराज पराजुली काठमाण्डौ पुस १५ । मिडियामा हल्ला गरेर तथा प्रपोकाण्डा गरेर फिल्म चल्ने भए पौष २४ गते रिलिज हुने ‘बागमती’ अहिले नै हिट भईसक्यो । तर, गुदी रसिलो नभएसम्म, दर्शकले मिठो स्वाद नलिएसम्म मिडियाको हल्लाले मात्र फिल्म हिट भने पक्कै हुँदैन ।
निर्माण टिम फिल्म निकै उत्कृष्ट बनेको भन्दै नेपाली फिल्मको ट्रेण्ड नै परिवर्तन गर्ने दाबीका साथ लागिरहेको छ । फिल्मको प्रचारमा अभिनेता राजेश हमाल निकै लागिपरिरहेका छन् भने अर्का अभिनेता शिव श्रेष्ठ पनि फिल्म हेरिदिन आग्रह गर्दै हिडिरहेका छन् । डेब्यु अभिनेत्री श्रेया कार्की उत्तिकै सकृय छिन् । तर, लिड अभिनेत्री भनेर सुरुवातमा प्रचार गरिएकी अभिनेत्री केकी अधिकारी भने प्रचारमा खासै सकृय छैनन् । कारण के त ?
साउथ ईण्डियन निर्देशक सन्नि केरालाले निर्देशन गरेको ‘बागमती’को सुरुवातमा निर्माण टिमले केकीलाई लिड अभिनेत्री भनेर प्रचार गर्‍यो । तर, फिल्ममा केकी लिड नभएर अतिथी भुमिकामा मात्र रहेको रहस्य खुलेसँगै निर्माण टिम पनि यसलाई मौन समर्थन गर्न बाध्य भयो ।
त्यसैले केकीलाई प्रचारमा निर्माण युनिटले पनि खोजेको छैन भने केकी पनि खोज्दै हिँडेकी छैनन् । केकी फेसबुक टुईटरमा फिल्म रिलिज हुँदैछ भनेर लेख्ने बाहेक प्रचारका अन्य कार्यक्रममा सकृय छैनन् ।
निर्माण टिमले मौनताका साथ स्विकार गरेको केकीको अतिथी भुमिकाबारे थप कुरा खुलेको छैन । उनी कस्तो र कति मिनेट ‘बागमती’ स्कृनमा देखिन्छिन्, त्यो त रिलिजपछि थाहा होला । जे जस्तो भए पनि केकीलाई प्रचारमा ल्याउँदा हुने फाईदाको बारेमा निर्माण टिमलाई ज्ञात नहुनुले पछुताउने अवस्था भने आउनसक्छ ।