काँग्रेश मुख्यालयमा धर्नै धर्ना ! माग उस्तै समुह थुप्रै ।

0
886

काठमाडौँ, २१ पुस । नेपाली काँग्रेसको १३ औँ महाधिवेशन नजिकीँदै गर्दा पार्टी कार्यालय सानेपामा अनशनकारीहरुको भिड लागेको छ । नेपाली काँग्रेश डोल्पाका सभापति टङ्कप्रसाद उपाध्याय आफूले क्रियाशील सदस्यताको फारम भरेर पठाएकोमा हुबहु लागू गर्नुपर्ने अडानका साथ १२ दिनदेखि आमरण अनशनमा रहनु भएको छ । उहाँ डोल्पा बाट आएका नयाँ सदस्यता स्विकृतीको माग गर्दै अनशनमा बस्नु भएको हो। काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले सोलुखुम्बुका पार्टी सभापति आङ्गेलु शेर्पाले एकलौटी ढङ्गले क्रियाशील सदस्यता वितरण गरेको भन्दै रिले अनशन बस्नुभएको छ । केसीले पार्टी सभापतिले पार्टीको विधान विपरीत आफ्ना भाइभतिजा, नातागोता र अरु पार्टीका व्यक्तिलाई क्रियाशील बाँडेको आरोप लगाउनुभएको छ । केन्द्रीय सदस्य मो अफ्ताफ आलमले रौतहट पार्टी सभापति कृष्ण यादवले पनि पार्टीको विधान बिपरीत क्रियाशील सदस्यता बाँडेको भन्दै रिले अनशन थाल्नुभएको छ । आ आफ्ना माग पूरा गराउने उद्धेश्यका साथ बिभिन्न जिल्लाका पार्टि नेता तथा कार्यकर्ता काँग्रेश मुख्यालयमा धर्नामा बस्दा महाधिबेसनको कार्य सम्पादन गर्न समेत कठिन भैरहेको कार्यालयका कर्मचारलिे बताएका छन् भने आगन्तुकहरुलाई पनि आवत जावत गर्न समस्यापरेको छ । केयसरी धर्ना बस्दैमा धर्नाकारहिरुको माग सम्बोधन होला ? धार्नाकारकिो माग सम्बोधन गर्न पार्टि सभापति शुशिल कोईराला र वरिष्ट नेता शेर बहादुर देउवाले खासै ध्यान नदिएको धर्नाकारी कै ठम्याई रहेको छ ।