कँग्रेश युवा नेता गगन पसे मधेश,संसदबाटै समाधान खोज्न सुझाव ।

0
440

बिकास अग्रवाल रौतहट, २१ पुस । जारी मधेश आन्दोलन र संबिधानका अन्तरबस्तुलाइृ जनसमक्ष लैजाने क्रममा नेपाली काँग्रेशका युवा नेताहरु तराई प्रबेश गरेका छन् । कँग्रेशका युवा नेता द्धय गगन थापा र प्रपि पौडेल मधेश आन्दोलनको मुख्य केन्द बनेको रौतहटको चन्द्रनिगाहपूर पुगेका छन् । नेपाली काँग्रेसका युवा नेता गगन थापाले संविधानका अन्तरवस्तु बुझाउन नसक्दा तराई मधेसमा आन्दोलन चर्किएको बताउनुभएको छ । जनतालाई संबिधानकोबारेमा जानकारी गराउन नसक्नु शिर्ष नेताको कम्जोरी भएको उहाँको भनाई थियो ।

नेपाली काँग्रेस चन्द्रनिगाहपुर नगर समितिद्वारा आज चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेलालाइृ सम्बोधन गर्दै उहाँले संविधान जारी गर्ने विषयमा नेपाली काँग्रेस अत्यन्तै लचिलो बनेकोले मात्रै संबिधान जारी भएको बताउनु भएको छ ।उहाँले निर्वाचनक्षेत्र, समानुपातिक, समावेशी प्रतिनिधित्वलगायत विषयवस्तु दलहरूको आपसी सहमतिमा मिलाउन सकिने भएकाले यसै बिषयलाई लिएर आन्दोलन गर्नु नपर्ने धारण राख्नु भयो।

विवादित विषयवस्तु संविधान संशोधनबाट समाधान गर्न सकिने भन्दै उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब सिमा क्षेत्रबाट नभई संसदबाटै समस्याको समाधान खोज्न सुझाव दिनु भयो ।
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले तराई मधेसको समस्या समाधान गर्न नेपाली काँग्रेशले कुनै कसर बाँकी नराख्ने दाबी गर्नु भयो । नेपालको राजनीतिमा सवैभन्दा बढी उपलब्धी संविधान जारी गर्दाका वखत भएको भन्दै पौडेलले संविधानले सबैखाले विभेदको अन्त्य गरेकोले अधिकारका लागि देशै ठप्प पार्ने गरि आन्दोलन गर्नु नपर्ने धारण राख्नु भयो ।