प्राधिकरणको मनोमानी,ठूलालाई २४ घण्टा बत्ति जनतालाई सास्ती !

0
333
संबिधानसभा भवन

काठमाडौँ, २३ पुस । नेपाल बिद्युत प्राधिकरणले जनतालाई दैनिक १५ घण्टा लोडसेडिङको मार खेप्न बाध्यपारे पनि ठूलाबडालाई भने छुट्टै लाईनको ब्यबस्था गरेको तथ्य सार्वजनिक भएको छ ।  व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिमा आज प्रस्तुत भएको विवरणअनुसार विशेष ग्राहक भन्दै प्राधिकरणले केहीलाई विशेष फिडर उपलब्ध गराएको छ । उक्त फिडरमार्फत ग्राहकले २४ सै घन्टा विद्युत् प्राप्त गर्छन् । जनता दैनिक १५ घन्टा विद्युत्भार कटौतीको मारमा परिरहेको बेला प्राधिकरणले विशेष अवस्था भन्दै थप सुविधा दिएको छ । प्राधिकरणले कानुनअनुसार निर्णय नगर्ने र बिद्युत महसुल निर्धारणआयोगले त्यसलाई रोक लगाउने मनसाय नै राखे पनि ठूलालाई महसुल छुट देऊ भन्नु अर्को अनियमितता भएको भन्दै सांसदहरुले सम्बद्ध पक्षलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । बिद्युत महसुल निर्धारण आयोगले यही पुस २० गते ठूला ग्राहकबाट प्राधिकरणले लिनुपर्ने रु चार अर्ब छुट दिन पत्र लेखेको थियो । प्राधिकरण सञ्चालक समितिको सोही दिनकै निर्णयले आयोगको आग्रह बमोजिम विशेष फिडर लिएका ग्राहकबाट दोब्बर महसुल नलिने र लिएको महसुल फिर्ता गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय कार्यान्वयनमा लैजाने हो भने प्रधिकरणलाई थप ४ अर्ब घाटा हुनेछ । प्राधिकरणकै तथ्याङक अनुसार हाल उस्ले २७ अर्ब नोक्सानी बेहोरी रहेको छ ।