संबिधान संशोधनका लागी २३ वटा प्रस्ताव पेश

0
566
संबिधानसभा भवन

काठमाडौ, २३ पुस । नयाँ संविधानको पहिलो संशोधन विधेयकमाथि २३ वटा संशोधन प्रस्ताव दर्ता भएका छन । व्यवस्थापिका–संसदले  संविधान संशोधन गर्न तोकेको ७२ घण्टाको अवधिमा २३ जनासाँसदले संशोधन प्रस्ताव दर्ता गरेका हुन । स्वतन्त्र सांसददेखि, नेपाली कांग्रेस, एकीकृत माओवादी, फोरम लोकतान्त्रिक, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, खम्बुवान राष्ट्रिय मोर्चाले संशोधन प्रस्ताव दर्ता गराएका हुन ।  संविधान संशोधनमा आन्दोलनरत मधेशी मोर्चा, सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले भने संविधान संशोधन प्रस्ताव दर्ता गराएका छैनन । संसोधन प्रस्तावलाई विशेष समिति गठन गरेर संसद बैठकमा छलफल गरी दुई तिहाई मतले पारित गरिनेछ । अहिले संसदमा ५ सय ९६ सदस्य भएकाले कम्तीमा पनि दुई तिहाई पुग्न ३ सय ९७  सदस्यको मत आवश्यक पर्नेछ ।