२३ पुस लक्षमण के सी रुकुम । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले देशको अस्थिरता हटाउन राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता रहेको बताउनुभएको छ । नेपाल पे्रस युनियन रुकुमले आज सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले देशलाई अन्तर्राष्ट्रिय तत्वहरुले कमजोर बनाउन खोजेकाले यस्ता तत्वबाट जोगिन राजनीतिक दलहरु एकताबद्ध हुनु पर्नेमा जोड दिनु भयो। राष्ट्रिय एकता र मेलमिलापको बाटो बाटे देशले निकाश पाउने उहाँको धारण थियो । जारी संविधानमा कमी कम्जोरी भए पनि संशोधन गर्न सकिने उहाँको भनाइ थियो । नेका रुकुमको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अधिवेशनबाट पुराना पुस्ताले युवालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने धारण राख्नु भयो । कोईरालाले १३ औ महाधिबेशनमा आफुले उमेद्धारी दिने नदिने भन्ने बारेमा राखिएको प्रश्नमा केहि दिनमै सबैले थाहा पाउने जवाफ दिनु भयो ।