कँग्रेश मुख्यालय अनशनकारीको घेरामा,लाईभ दृश्य यस्तो छ ।

0
1238

देशको ठूलो दल नेपाली काँग्रेश जो १३ औ महाधिबेशनको चटारोमा छ यति नै बेला काँग्रेशलाई क्रियाशिल सस्यताको बिबादले गाँजेको छ । तपाई काँग्रेश मुख्यालय जानुभएको छैन भने तपाईलाई त्यहा भित्रकोबारेमा जानकारी नै छैन । सानेपामा आमरण अनसन बस्ने देखि रिले अनसन बस्नेहरुको लामो लाईन देखिन्छ । क्रियाशिल सदस्यता बिबादको समाधानको माग गर्दै नेपाली काँग्रेश डोल्पाका पार्टि सभापति १९ दिन देखि आमरण अनसनमा छन् भने रौतहट देखि कैलाली,सोलखुम्बु हुँदै भक्तपुर सममका पार्टि र नेताहरु अनसनमा बसिरहेका छन् । कोही रातभर रक्सी र मासु खाएर अनसनको नाटक गरिरहेका छन् त कोही ज्यानै जोखिममा राखेर । त्यसैले अनसनकारीहरुलार्इ शिर्ष नेताहरुले खासै ध्यान दिएका छैनन् । एउटै जिललाका दुईवटा समुह अनसनमा बसिरहेका छन् जस्ले काँग्रेशको अस्मिता माथि नै प्रश्न चिन्ह लगाएका छन्,एउटा पक्ष बिधान सम्मत क्रियाशिल सदस्यता पाउनु पर्छ भनिरहेको छ भने अर्को पक्ष जसरी पनि क्रियाशिल सदस्यता पाउनु पर्ने माग गरि रहेका छन् । केन्द्रिय समितीको बैठकमा सहभागी हुन शिर्ष नेताहरु पार्टि कार्यालय पुग्दा काँग्रेश मुख्यालयमा सञ्चारखवरको क्यामेराले जे देख्यो त्यहि दृश्यमा हेर्नुहोस् । लाईभ दृश्य यस्तो छ