पुस २९ गतेका लागि बोलाईएको संसद बैठक माघ ५ गतेसम्मका लागि स्थगित ।

0
460
संबिधानसभा भवन

पुस २८ काठमाण्डौ । मंगलवार संसद सचिवालयले सूचना टाँस गरी पुस २९ गतेको संसद बैठक स्थगित गरेको जनाएको हो । अर्को बैठक माघ ५ गतेका लागि बोलाइएको छ । पछिल्लो समय प्रमुख दल र आन्दोलनरत पक्ष मधेशी मोर्चाविचको वार्ता सकारात्मक रुपमा अघि बढेको र छलफलका लागि थप समय आवश्यक रहेको भन्दै संसद बैठक स्थगित गरिएको बताइएको छ । विहिवार वस्ने संसद बैठकमा संविधान संशोधनमाथि सांसदहरुले राखेको संशोधन सहित दफावार छलफल अघि बढने कार्यक्रम रहेको थियो । सहमति वेगर नै संसद सूचारु भई संशोधनको प्रकृया अघि बढे वार्ताको वातावरण विग्रिन सकने भन्दै बैठक स्थगित भएको हो ।