ग्याँस पाइपबाटै आउँछ : प्रधानमन्त्री

0
423

पुस २८ काठमाण्डौ । । प्रधानमन्त्री केपी  शर्मा ओलीले प्रत्येक घरमा पाइप लाइनबाट ग्याँस पु¥याउने आफ्नो प्रतिवद्धता पुरा गरेरै छाड्ने दाबी गर्नुभएको छ । एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने र घर–घरमा पाइप लाइनबाट ग्याँय पु¥याउने आफ्नो योजना हावादारी नभएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं प्राज्ञ सभाको उद्घाटनका लागि मंगलबार प्रज्ञा भवन पुगेका प्रधानमन्त्री ओलीले आफू काम गर्ने बानी  नपरेका र परम्परावादी  मानसिकता भएकाहरुको आलोचनाबाट नअत्तालिएको बताउनुभयो । उहाँले हास्यकलाकारलाई पनि पछाडि पार्ने गरी हावा कुरा गरेर हँसाउने काम गरेको भनी आलोचना भइरहेकोबारे आफू जानकार रहेको भन्दै हावाबाट विजुली निकाल्ने, एक वर्षभित्र लोडसेडिङ हटाउने र पाइपलाइनमार्फत ग्याँस बाँड्ने कुरा हावादारी नभएको बताउनुभयो ।

प्रधानमन्त्री  ओलीले सरकारी संयन्त्रमा रहेकाहरुको मानसिकतामा परिवर्तन ल्याउनका लागि पनि आफूले सार्वजनिक कार्यक्रमहरुमा आफ्ना प्राथमिकताका बारेमा बोल्ने गरेको बताउनुभयो । उहाँले परिवर्तनका लागि साहित्यकार, प्राज्ञ लगायतले आ–आफ्नो क्षेत्रको कामको अगुवाइ गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकको राष्ट्रियता र सार्वभौमिकताको विषयमा आफू कसैसँग पनि लम्पसार नपर्ने बताउनुभयो ।