ओली सरकार असफल : झलनाथ खनाल

0
795

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले तराई मधेसमा २ वटा प्रदेश सम्भव नभएको प्रष्ट पार्नुभएको छ । प्रेस चौतारी कास्की शाखाले मंगलबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता खनालले मधेसी मोर्चाले माग गरे बमोजिमको २ प्रदेश सम्भव नभएको प्रष्ट्याउनु भएको हो । उहाँले  प्रदेशको संख्या घटाएर ५ वटामा झारिनुपर्ने बताउनुभयो ।

एमाले वरिष्ठ नेता खनालले सरकारले मधेशका जिल्लामा शान्ति सुरक्षा  प्रभावकारी बनाउन नसकेको आरोप पनि लगाउनुभयो । उहाँले मधेशमा जुलुस निकाल्ने र जुलुसमा सहभागी नहुने सबैलाई सुरक्षित तुल्याउनु सरकारको दायित्व भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी भाषण गरेर समय खेर फालेको आरोप लगाउनुभयो । उहाँले  सरकार गतिशील र प्रभावकारी हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीलाई जिम्मेवार भएर बोल्न आग्रह गर्नुभयो ।