मुलुकको आर्थिक विकासमा लाग्न थापाको सुझाव !

0
545

पुस २८ काठमाण्डौ । उपप्रधानमन्त्री कमल थापाले सबैजना एकजुटभई मुलुकको आर्थिक विकास र समृद्धिको बाटोमा लाग्नुपर्ने बताउनुभएको छ । मंगलवार नागार्जुन नगरपालिकाको आर्थिक वर्ष २०७३÷०७४ को तेस्रो नगर परिषद्को निर्णय सार्वजनिकीकरण कार्यक्रम उद्घाटन गर्दै उपप्रधानमन्त्री थापाले संविधानसभाबाट संविधान जारी भइसकेपछि लामो संक्रमणकाल समाप्त भएको स्पष्ट पार्नुभयो । संघीय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहेका थापाले मुलुकको आर्थिक विकास र समृद्धिको बाटोमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

उपप्रधानमन्त्री थापाले संसारमा कतैपनि संविधानमा सबैको अधिकार समेट्न नसकेको बताउँदै संविधानलाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।