जापान पढ्न गएका बिद्यार्थी र नेपाली पेशाकर्मीहरुद्धारा बिद्यालय निर्माण गर्न १५ लाख सहयोग !

0
713

पुस २९ काठमाण्डौ नेपालका बिभिन्न जिल्लाबाट उच्च शिक्षा हासिल गर्न जापान पुगेका देश प्रेमी युवाहरु र जापानमा बिभिन्न पेशामा आवद्ध भएका नेपालीहरुको सक्रियतामा  बिद्यालय पुनर्निमाण कार्यमा १५ लाख सहयोग प्राप्त भएको छ । जापानको नायोगा शहरमा रहेका नेपालीहरुले बैशाख १२ को भुकम्प लगत्तै नेपाली कम्युनिटी नायोगाले गरेको सहयोग संकलन अभियान मार्फत तत्कालिन राहत सामाग्रीका साथै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैया समेत सहयोग गरेका थिए ।naan

नेपाललाई निरन्तर सहयोग गर्ने उद्धेश्यले नेपाली कम्युनिटी नायोगाले संकलन गरिएको रकमबाट धादिङ जिल्लको खरी गा बि समा रहेको मनकामना प्रा बि को भवन निर्माण गन १५ लाख रुपैया सहयोग उपलब्ध गराईको नेपाली कम्युनिटी नायोगाका उप संयोजक प्रदिप पन्थिले जापानबाट सञ्चारखवरलाई जानकारी गराउनु भएको छ । पन्थिका अनुसार उक्त रकम नेपालमा सक्रिय हेल्प नेपाल नामक नेटवर्क मार्फत बिद्यालयमा पुर्याईने छ । हेल्प नेपाल नेटवर्कले बिभिन्न जिल्लाबाट छानिएका बिधयालय मध्ये पुन(निर्माणको लागि तत्कालका लागि पहिलो परियोजनाको रुपमा राहत वितरणमा नसमेटिएको धादिंङ् जिल्लाको खरी गाबिस(६, आधामारा स्थित श्री मनकामना प्रा बि लाई छानिएको हो । आगामी दिनमा भुकम्प अति प्रभावित अन्य जिल्लाका बिद्यार्थीहरुको शिक्षाको हक प्रदान गर्न लागी पर्ने एन सि एन ले जनाएको छ ।

ncn
उक्त बिधयालको पुन(निर्माणको लागि हेल्प नेपाल नेटवर्कले सम्बन्धित बिधयालयको संचालक समितिको निर्णय, जिल्ला शिक्षा कार्यालय र गाबिसको सिफारिश सहित शिक्षा बिभागबाट समेत अनुमति लिइसकेको छ ।
बिधालयको पुनस् निर्माणको कार्य बिद्यालय संचालक समितिले हेल्प नेपाल नेटवर्कको समन्वयमा स्थानीय समुदायको प्रतिनिधि रहने गरि सरकारको निंति अनुसार निर्माण गर्ने छ, हेल्प नेपालले नै बिधालय पुन: निर्माणको प्रगतिको आधारमा चरणबद्ध रुपमा ३ पटक गरि निर्माण समितिलाई आर्थिक सहयोग उपलब्ध गराउने छ ।