पाकिस्तानमा बम हमला, कम्तीमा २० सुरक्षा कर्मीको मृत्यु

0
549

पुस २९ एजेन्सी पाकिस्तान । पाकिस्तानको क्वेटामा भएको बम विष्फोटमा परी कम्तीमा १४ जनाको ज्यान गएको छ। पास्कितानी गृहमन्त्रालयका अधिकारीहरुका अनुसार अज्ञात समूहले गराएको बम विष्फोटमा अन्य २० भन्दा बढी घाइते भएका छन् ।घाईतेहरुको नजिकैको अस्पतालमा उपचार भैरहेको छ भने घाईतेहरुको अबस्था गम्भिर भएकाले मृतकको संख्या अझै बढ्न सक्ने समाचारमा जनाईएको छ । प्रहरीका अनुसार विष्फोटमा ज्यान गुमाउनेहरु अधिकांश सुरक्षाकर्मी रहेका छन्। पोलियोको भ्याक्सिन दिने केन्द्रमा परिचालन गरिएका सुरक्षार्की बम विष्फोटमा मारिएको बताइएको छ। पाकिस्तानमा पोलियो खोप लगाउने अभियानमा संलग्नमाथि लामो समयदेखि आक्रमण हुँदै आएको छ।