कार्यदलको बैठक आज पनि बस्दै, वार्ता सकारात्मक बनाउन सरकार गैरजिम्मेवार : मोर्चा

0
694

काठमाडौ, २९ पुस। सरकाले ठोस प्रस्ताव नल्याएका कारण प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलस्तरीय वार्ता परिणाममुखि बन्न सकेको छैन ।  कार्यदल तहमा बैठक बसेर सहमतिको आधार खोज्ने कार्य भने आज पनि जारी रहने भएको छ ।  बिगतका छलफलहरुमा सहमती गर्ने आधार नबने पनि आज सरकारका तर्फबाट ठोस प्रस्ताव जाने भएकाले साझा धारणा आउने संभावना रहेको कांग्रेस नेता तथा कार्यदल सदस्य महेश आचार्यले जानकारी दिनुभयो । कार्यदलको बैठकमा मधेसी मोर्चाको ११ बुँदे मागबारे सत्तापक्षले लिखित धारणा पेश गरेको छैन । आज शीर्ष तहमा गृहकार्य गरी भोलि निर्णायक वार्ता हुने आचार्यको भनाइृ छ । मोर्चाकातर्फबाट कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठले भने मुख्य दलहरु तयारी बिनै वार्तामा आउने गरेकोले समस्या समाधान हुन नसकेको बताउनु हुन्छ। वार्तामा सकारात्मक संकेत देखिए पनि सरकारी तयारी नपुग्दा निस्कर्षमा पुग्न ढिला भइरहेको उहाँले दावी गर्नुभयो । आज दिउँसो २ बजे कार्यदलले थप छलफल गर्ने तयारी गरेको छ ।