बिश्वकप खेल्ने खेलाडीहरुको बिदाई !

0
539

बिराटनगर २९ पुस । भारतमा हुने विश्वकप कबड्डी प्रतियोगीतामा सहभागी हुन प्रशिक्षक सहितको नेपाली टोली  भारत प्रस्थान गरेको छ ।  चौथो पटक प्रतियोगीतामा सहभागी हुन दुई प्रशिक्षकसहित १३ जनाको नेपाली टोली भारतको फरिदाबाद गएको हो । नेपाली खेलाडीलाई गत बुधबार नै एक कार्यक्रमबीच बिदाइ गरिएको थियो। माघ १ देखि ३ गतेसम्म हुने विश्वकप प्रतियोगितामा नेपाल, भारत, चीन, बङ्गलादेश, अमेरिकालगायत ३७ देशका खेलाडीहरुले  सहभागीता जनाउने भएका छन् । अघिल्लो वर्ष भारतमै भएको विश्वकप कबड्डीमा नेपालले कास्यपदकमै चित्त बुझाउनु परेको थियो । बिगतको नराम्रो अनुभवलाई चिर्दै यस पटक राम्रो परिणाम आउने प्रशिक्षकहरुले बिश्वाश ब्यक्त गरेका छन् ।