बिश्वबिद्यालयमा योग्यलाई र्मात्रै नियुक्त गर्छु : प्रधानमन्त्री

0
368

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा क्षमता र दक्षताका आधारमा मात्रै पदाधिकारी नियुक्ति गरिने बताउनुभएको छ । लोकतान्त्रिक प्राध्यापक सङ्घका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उहाँले विश्वविद्यालय राजनीतिक भागबण्डाका आधारमा नभई प्राज्ञिक आधारमा सञ्चालन हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभएको जारी विज्ञप्तिमा जनाइएको छ । सङ्घका अध्यक्ष डा उदय किशोर तिवारीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले विभिन्न विश्वविद्यालय तथा विश्वविद्यालय अनुदान आयोगमा उपयुक्त पदाधिकारी नियुक्ति गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री ओलीले योग्यता र क्षमताको आधारमा नै पदाधिकारी नियुक्ति हुने विश्वास दिलाउनु भएको  सङ्घका अध्यक्ष डा उदय किशोर तिवारीले जानकारी दिनु भएको छ ।