ओली सरकारले काम गर्न सकेन : प्रचण्ड

0
395

सुर्खेत, २९ पुस । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिले सरकार बनाउने र गिराउने समय नभई उत्पन्न समस्या समाधान गर्ने समय भएको बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । सरकारले प्रभावकारी ढंगबाट काम गर्न नसकेको स्विकारदै ६,६ महिनामा सरकार परिवर्तनको खेलमा लाग्न नहुने धारण राख्नु भयो । उहाँले सदनमा २ वटा विधयक दर्ता भएकाले अब सबै समस्याहरु छिट्टै टुङ्गिने दाबि समेत गर्नु भयो ।
त्यसलगतै एमाओबादि ६ नं. प्रदेश समितिको प्रथम विस्तारित बैठकलाई सुर्खेतमा सम्बोधन गर्दै समाजवादी क्रान्ति गर्न नयाँ ढंगको क्रान्तिकारी पार्टीको खाँचो रहेको औल्याउनु भयो । ‘६ नं। प्रदेश नयाँ बन्यो र उदाहरण बन्यो भने त्यो कर्णालीका लागि मात्र होइन सिंगो नेपालको निम्ति उदाहरण हुनेछ र सिंगो नेपाल नयाँ बन्नेछ । त्यस्तै स्थायी समिति सदस्य तथा केन्द्रीय उत्पादन विभागका इन्चार्ज लोकेन्द्र विष्टमगरले उत्पादन सम्बन्धी प्रशिक्षण दिनुभयो । बैठकमा अध्यक्ष दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।