बंगबन्धु गोल्डकपमा नेपालद्धारा श्रीलङका १ ० ले पराजित

0
373

काठमाडौ, २९ पुस। बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खलमा नेपालले श्रीलंकालाई १  ० को गोल अन्तरले पराजित गरेको छ । केही दिन अगाडी भारतमा भएको साफ च्याम्पियनसिपमा पराजित भएको नेपालले आज बंगलादेशमा भएको बङगबन्धु गोल्डकप प्रतियोगितामा श्रीलंकालाई पराजित गरेको हो । जितसंगै  नेपालले दुई बर्ष पछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाएको छ । बंगलादेशमा भएको खेलमा नेपालको जितका लागि नेपाली स्ट्राइकर विमल घर्तीमगरले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई जित दिलाएका हुन् । नेपाली टोलीले श्रीलंकासँग राम्रो बदला लिएसंगै १३ खेलसम्मको जितविहीन यात्रासमेत टुंग्याएको छ । सन २०१३ को साफ च्याम्पियन्सिप फुटबल प्रतियोगितामा भारतविरुद्ध २–१ को जित निकालेको नेपालले त्यसपछि जित निकाल्न सकेको थिएन । आजको जितसंगै नेपालको अंक तालिकामा ४ अंक भएको छ । यो खेलपछि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनेको छ । समूहको अन्तिम खेलमा नेपालले शुक्रबार आयोजक बंगलादशेको सामना गर्नेछ ।