गृह मन्त्रालयद्धारा ११ सिडियोको सरुवा

0
413

काठमाडौ, २९ पुस। एघार जिल्लाका प्रमूख जिल्ला अधिकारीहरुको सरुवा भएको छ । गृहमन्त्रालयले भक्तपुरका तोयम रायलाई मोरङ सरुवा गरेको छ भने झापाका तेजप्रसाद पौडेल सरुवा भएर भक्तपुर आईपुग्नुभएको छ । काभ्रेका मदन भुजेललाई झापा सरुवा गरिएको छ । त्यस्तै, सुर्खेतका बलदेव गौतमलाई गोर्खा र बाराका बालकृष्ण पन्थीलाई काभ्रे सरुवा गरिएको छ । तनहुँका महादेव पन्थलाई नवलपरासी सरुवा गरिएको छ । प्रहरी किताबखानाका कृष्ण ढुंगानालाई बारा सरुवा गरिएको छ । गृहमन्त्रालयका पुरुषोत्तम कुँवरलाई तनहुँको सिडिओ बनाएर पठाइएको छ । बर्दियामा विष्णु थापालाई कायम मुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएको छ । त्यसैगरी गोरखाका उद्धव तिमिल्सिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा तानिएको छ । त्यसैगरी मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा यादव कोइरालालाई सरुवा गरिएको छ ।