बैशाख १२ को बिनाशकारी भुकम्पको अवशेषले अझै पनि समाजलाई छाडेको छैन । बिभिन्न स्थानलाई केन्द्र बनाएर पराकम्पहरु आउने क्रम जारी रहेको छ । मानव मस्तिष्कमा अझै पनि भुकम्प आईरहेको भान भैरहेको छ । बैशाख १२ का पिडीतहरुले अझै पनि न्यूनतम मानविय आवश्यकता पुरा गर्न पाएका छैनन् । जाडोका कारण पाल भित्रै ज्यान गुमाउनु परेको कहाली लाग्दो अवस्था भोगीरहेका बेला पुनः काठमाण्डौ केन्द्रित भुकम्प आउने भविश्यवाणीहरु आईरहेका छन् ।
बेलायती बैज्ञानिकहरुको खोज तथा अनुसन्धानले काठमाण्डौको जमिन मुनिका रप्चरहरु एक अपसमा नजिक रहेको हवाला दिँदै केहि समय पछि काठमाण्डौलाई केन्द्र बनाएर अझै शक्तिशाली भुकम्प आउने भविश्यबाणी ग¥यो । सोही समाचार बिभिन्न सञ्चारमाध्यमको हेडलाईन बन्यो अथवा भनौ प्राथमिकताको सामाग्री बन्यो । आखिर किन त ? सवल थुप्रै जन्माएको छ । सञ्चार माध्यमको प्रभाव यति शक्तिशाली छ की जुन मुल्याङ्कन गर्न कठिन छ । मानौ सानो समाचार जस्ले समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ । अझै भुकम्प आउँदै छ भन्ने समाचारले जनमानसमा कस्तो असर पार्ला ? दुई लाईनको समाचार जस्ले लाखौ लाख मानिसलाई आतंकित बनाउँछ । यति जान्दा जान्दै पनि समाचार सम्पादक जस्तो महत्वपूर्ण स्थानमा बसेको पत्रकारले तिथी मिती नै तोकेर आतंक फैलाउन मिल्छ ? जबकी भूकम्प कहिले आउँछ भन्ने कुराको पुर्व जानकारी भुगर्भबिद्हरुलाई पनि हुँदैन र कसैले पनि ठोकुवा गर्न सक्दैन । त्यस्ता सम्पादकले की त भुकम्पको गाम्भिर्यता नै बुझेनन् या सस्तो लोकप्रियताका लागि त्यस्तो समाचार लेखे यी दुई मध्ये एक नै सच्चाई हो । त्यस्ता सञ्चार माध्यमका संचालक वा संपादकले यो बुझ्न जरुरी छ की सस्तो लोकप्रियताका लागि लेखिएको समाचारले समाजलाई त भ्रमित पार्छ नै संचार माध्यम प्रतिको बिश्वसनियता समेत सकिने छ । जस्का कारण तथ्यमा आधाररित भएर काम गर्नेहरुलाई समेत शंकाको घेरामा ल्याईदिन्छ तर्सथ सकिन्छ बिषयको गाम्भिर्यता बुझेर मात्रै समाचार लेखौ सकिंदैन त्यस्ता समाचारलाई निरुत्साहित गरौ ।
हामीले जनतालाई भन्ने पर्ने कुरा यो छ की भूकम्प ढोल बजाएर आउँदैन यो कहिले आउंछ,कत्रो आउँछ,कुन ठाउँलाई केन्द्र बनाएर आउँछ,कति क्षति पु¥याउँछ कसैलाई पनि जानकारी हुँदैन । त्यसैले हामीले बुझ्नु पर्ने यो हो की भुकम्प जुन कुनै बेला आउँछ । त्यसैले पुर्वतयारी भने गर्नै पर्छ त्यसकालागि तपाई सधै अत्यावश्यक सामग्री भएको झोला बोक्ने गर्नु होला । यदि भुकम्प आई हाल्यो भने पहिले तपाई आफु सुरक्षित रहनुहोस, नआत्तिनुहोस, सुरक्षित स्थानको पहिचान गर्नुहोस्, त्यस पछि मात्रै आफन्तको खोजी गर्नुहोस् ।