१ माघ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्रै लोडसेडिङ अन्त्य हुने ठोकुवा गर्नुभएको छ । मन्त्री रायमाझीले ऊर्जा सङ्कटकाल घोषणा गरेर मुलुकलाई तीव्रगतिमा बिजुलीमा आत्मनिर्भर बनाउने पहल भइरहेको बताउँदै यसका लागि सरकारले दीर्घकालीन योजना बनाईरहेको बताउनु भएको छ । आज बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले निर्माणाधीन आयोजनालाई द्रूतमार्गबाट सम्पन्न गरेर एक वर्षभित्र लोडसेडिङ कम घटाउने योजना सरकारले बनाईरहेका जानकार िदिनु भएको हो । हाल विद्युत् अत्यधिक खपत हुँदा साढे पाँच सय भन्दा बढी ट्रान्समिटर पड्किएको तथ्याङक सार्वजनिक गर्नु भयो ।उहाँले एक वर्षभित्रमा झण्डै २५० मेगावाटका जलविद्युत् आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको उहाँको भनाई थियो । उहाँले नाकाबन्दीको प्रभावकाबीचमा पनि सबै आयोजनालाई आवश्यक इन्धन तथा कच्चा पदार्थ राज्यले उपलव्ध गराएको बताउँदै अन्तिमचरणमा पुगेका योजनाले विद्युत् उत्पादनका लागि तीव्ररुपमा काम अघि बढाएको बताउनुभयो ।