पोखरा, १ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली काँग्रेसको आसन्न तेह्रौँ महाधिवेशनले पार्टी एकताको नयाँ आधारनिर्माण गर्ने बताउनु भएको छ । देउवाले पार्टिमा देखिएका धारहरुको अन्त्य गर्दै काँग्रेश नयाँ बिन्दुमा प्रस्थान गर्ने बताउनु भएको छ । पार्टि भित्र देखिएको समस्या आफु सभापति भएपछि समाधान हुने बताउँदै आफ्नो समर्थनमा लाग्न कार्यकर्तालाई आग्रह गर्नु भयो । अर्को प्रसंगमा नेता देउवाले संविधानसभाका ९० प्रतिशतभन्दा बढी सदस्यबाट बनेको संविधान लोकतान्त्रिक, समानुपातिक र समावेशी भएको टिप्पणी गर्नुभयो ।
नेपाल प्रेस युनियन कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देउवाले सरकारलाई ठीकसँग चलाउन बलियो प्रतिपक्षीको खाँचो पर्ने भएकाले राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने धारणा राख्नुभयो । उनीहरुको माग पूरा हुने र देशमा सहज वातावरण बन्ने दाबी गर्नुभयो । काँग्रेश १३ औ महाधिबेसनको मैदानमा भएकाले सरकारमा जाने हल्ला निराधार भएको समेत प्रस्टिकरण दिनु भएको थियो ।