माघी पर्व र यस्को महत्व !

0
1379

माघ १ काठमाण्डौ । मकर संक्रान्ति अर्थात माघी भनेर चिनिने नेपालको एक प्रमुख चाड हो माघे संक्रान्ती । ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भन्ने गरिएको छ।सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि(माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ्र । आजको दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।IMG_5876

यो पर्व पर्व नेपाल भर पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाउने प्रचलन रहेको छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गासागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्ने गरेको छ। भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भईने पौराणीक मान्यता रहि आएको छ। शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वासका साथ यो पर्व बनाउने गरिएको छ ।IMG_5956
महाभारत का अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए्रत्यसैले माघे संक्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ्र ।
माघे सङ्क्रान्ति मनाउन राजधानीको टुडिखेलमा शुक्रबार दिनभर मागी बिशेष कार्यक्रम गरी शुभकामना आदान प्रदान गर्ने क्रम यस पटक पनि जारी रहेको छ । माघी पर्वकै अवसरमा सुदुर पश्चिमबासीले आ आफ्ने भेष भुषा र संस्कृतीमा नाच गान गरि रमाईलो गर्ने प्रचलन रहेको छ भने देश भरका थारु समुदायले यो पर्वलाई बिषेश पर्वको रुपमा मनाउने गरेका छन् । सरकारले पनि माघी पर्वमा सार्वजनिक बिदा दिने गरेको छ ।