संबिधानमा सबै समान : प्रधानमन्त्री

0
322

काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबैलाई समानता दिएको बताउनुभएको छ ।  हामीले कसैलाई अन्याय नगर्दा पनि नाकाबन्दी गरेर सारा नेपालीलाइृ दुख दिएको भन्दै ओलीले घुमाउरो भाषामा भारतको आलोचना समेत गर्नु भयो । ओलीले यो अवस्था लामो समय नरहने उल्लेख गर्नु भयो । थारु कल्याणकारिणी सभा उपत्यका समितिको आयोजनामा आज रङ्गशालाको माघी महोत्सवलाई सम्बोधन गर्दै उहाँले थारु समुदायलाई संविधानले कुनै पनि विभेद् नगरेकाले थारु जनताको विकास, उन्नतिका लागि सरकारले सक्दो सहयोग प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।”उहाँले विकासको रफ्तारलाई कसैले पनि रोक्न नसक्ने बताउँदै हाल निर्माणको चरणमा रहेका राजमार्गको निर्माण कार्यलाई पूर्णता दिने बताउनुभयो । आरोप प्रत्यारोप लगाउनेभन्दा पनि केही गरेर देखाउने समय आएको बताउँदै प्रधानमन्त्री ओलीले एकताबद्ध भएर देशलाई विकासको बाटोमा लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा थारु समुदायका झाँकी, नृत्य एवम् खानाका परिकार प्रदर्शनमा राखिएको थियो ।