पार्टिको साख जोगाउन कोइरालाको आग्रह,मधेश आन्दोलन अध्ययन प्रतिबेदन सार्वजनिक ।

0
662
?

माघ ३ काठमाण्डौ । नेपाली काँग्रेशका सभापति शुुशिल कोईरालाले पार्टिमा अनुशासन कायम नभए काँग्रेस कम्जोर हुने बताउनु भएको छ । उहाँले वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलललाई दायाँ बाँया राखेर अनुशासन हिनताले पार्टिको इतिहासमाथि प्रश्न खडा हुने भन्दै त्यस्ता गतिबिधि तत्काल बन्द गर्न नेता कार्यकर्तालाई आग्रह गर्नु भएको हो । जारी मधेश आन्दोलनको अध्ययन गरी फर्कीएका युवा नेताहरुद्धारा तयार पारिएको प्रतिबेदन बुझ्दै सभापति कोईरालाले बिगतको नेतृत्वले बनाएको पार्टिको साख बचाउने जिम्मा युवापुस्ताको भएको बताँउदै मर्यादित राजनिती गर्न आग्रह गर्नुभयो । उहाँले मधेशमा जारी आन्दोलनको समाधानका लागि आफु लागिरहेको बताउँदै संबिधान संशोधन मार्फत देशले निकास पाउने धारणा राख्नु भयो ।
कोइराला निवास महाराजगञ्जमा भएको कार्यक्रमममा सहभागी वरिष्ठ नेता देउवाले संबिधान संशोधनको दुई बुंदे प्रस्तावले समस्याको समाधान गर्ने भन्दै नेपाली काँग्रेस समस्या समाधानमा केन्द्रित रहेको प्रष्टिकरण दिनु भयो । उहाँले काँग्रेसको जग भनेकै मधेश भएकाले मधेशलाई छाडेर अगाडी बढ्न नसकिने जिकीर गर्नु भयो । उपसभापति रामचन्द्र पौडेलले युवा नेताहरुको सक्रियताको प्रसंशा गर्दै मधेशको वास्तबिकता जानकारी भए पनि काँग्रेस प्रतिपक्षमा भएकाले समस्या समाधानमा प्रभावकारी भूमिका निर्बाह गर्न नसकिएको स्विकार गर्नु भयो । उहाँले मधेशको माग सम्बोधन गर्न काँग्रेसले कुनै कसर बाँकी नराख्ने बताउँदै संबिधान संसोधन नै समाधानको अन्तीम बिकल्प भएकाले संसद बैठक अगावै सम्झौता हुने बिश्वास ब्यक्त गर्नु भयो ।
कँग्रेस युवा नेता बिश्व प्रकाश शर्माको संयोजकत्वमा नौ सदसीय टोली आन्दोलनरत तराईका ८ जिल्लाको वास्तबिकता बुझि काठमाण्डौ फर्किएको थियो । टोलीले ३५ पृष्ठ लामो अध्ययन प्रतिबेदन पार्टिका तीनै जना नेतालाई एकै साथ बुझाएको छ । प्रतिबेदनमा एम्बुलेन्सबाटै झिकेर घाईते प्रहरीको हत्या गरिएको,सर्लाहिमा एमाले नेताको पासविक हत्या भएको तथा प्रहरीले अनावश्यक बल प्रयोग गरेको कार्यको स्थानियले आलोचना गरेको उल्लेख गरिएको छ ।