अहिलेको प्रतिस्पर्धी दुनियामा अरुको आलोचना गरेर भन्दा आफ्नो विचार र कार्यक्रमबाट नेतृत्व स्थापित हुनु पर्दछ । स्थापित उन्नति र प्रगतिका सूचकहरुलाई आधार बनाएर राजनीतिक नेतृत्व छनोट गर्ने अभ्यास गर्नु नै प्रजातन्त्रको विशेषता हो । नेताहरुले जे बोल्यो त्यो मात्र गर्ने उच्च नैतिक चरित्र कायम रह्यो भने मात्रै राजनीतिबाट आशा जगाउन सकिन्छ । झुटको विकल्प साँचो भयो भने न्याय कायम हुन्छ । नकारात्मक कुराको ठाडो इन्कार भयो भने सकारात्मक कुराको विकास हुन्छ । नकारात्मक कुराको ठाडो इन्कार भयो भने सकारात्मक कुराको विकास हुन्छ । निरन्तरका परिर्वतन पछि सकारात्मक परिणाम देखियो भने आशाको सञ्चार नै जाग्छ । परिर्वतनमा सहभागी हुने जाँगर सबैमा हुन्छ । क्रन्तिकारी रुपान्तरण हुन सकेन भने निराशा र उद्दीग्नता व्याप्त हुन्छ ।
राजनीतिले निराशालाई सधै चिर्नु पर्छ । अग्रगमनलाई पछ्याउनु पर्छ । राजनीतिमा हुने उत्थान र पतनका हरेक घटनाले नयाँ नयाँ विहानीको कल्पनागरेको हुन्छ । घोर दुःखभित्र सुखको आशाव्याप्त हुन्छ । त्यस्तै वर्तमानको विसंगतिले भविष्यको सुव्यवस्था खोजिरहेको हुन्छ ।
नेपाली काँग्रेसको आसन्न १३ आँै महाधिवेशन सम्पन्न गर्ने क्रममा वर्तमान अव्यवस्थाको चर्चा परिचर्चा सुरु हुनथालेका छन् । वर्तमान नेतृत्वका कमिकम्जोरी बारे छापा माध्यमहरुमा समेत धेरै ठाँउ पाएका छन् । क्रेन्द्रिय नेतृत्वकाबारेमा पनि अनेक विकल्पहरु पेश हुन थालेका छन् । पार्टीको केन्द्रिय नेतृत्व अर्थात सभापति पदका लागि मिडियाहरुले बिश्लेषण पेश गर्ने प्रयत्न थालेका छन् । मानिसहरु गच्छे अनुसारको समीक्षा समेत गर्दैै छन् ।
नेपाली काँग्रेसभित्र अहिलेको नेतात्रय भनिएका सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवाकै बारेमा केन्द्रिय नेतृत्वका लागि बढी चर्चा गरिएको छ । अलि पुरातनबादी सोचाई नेपाली समाजमा र नेपाली काँगे्रस भित्र पनि कायम रहेको र सञ्चार जगतमा यसको प्रभाव रहेकोले पनि यो हुनु स्वाभाविकहो । तर, यस बाहेककाहरुको पनि सभापति अर्थात केन्द्रिय नेतृत्वका लागि तयारी चलिरहेको छ । नेपाली काँगे्रस पदिय आकर्षण भन्दा पनि व्यापक व्यक्तित्व र त्याग र समर्पणलाई आत्मसात गर्ने सँस्कृति बोकेको पार्टि हो । उल्लेखित तीन नेताहरुलाई कुनै आलोचना नगरी सम्मानित व्यक्तित्वका रुपमा पार्टीको शिर्ष तहमा राख्न सकिन्छ । उहाँहरुलाई नेपाली काँगे्रस पार्टीको सभापति पद आवश्यक छैन सम्मानकालागि । पार्टी हाक्नका लागि उहाँहरुको अपरिहार्य चरित्र, क्रियाशिलता र नेतृत्वक्षमताका हिसाबले पनि उहाँहरु अनिवार्यहुनुपर्छ ।
विचारणीय कुरा, तीन नेताहरुलाई पार्टीले सम्मानित रुपमा शीर्ष नेतास्विकार गराएर नेतृत्व छनोट गर्न सकिन्छ । नेपाली काँग्रेसलाई वर्तमान चुनौतिपुर्ण स्थितिलाई हाक्न दोस्रो तहका नेताहरु सक्षम भइसकेका छन् । यसभित्रको युवा नेताहरु पनि यसका लागि तयार भइसकेका छन् । प्रजातान्त्रिक पार्टीलाई बलियो बनाउन र यसलाई वृहत् आकारको बनाउन नयाँ–नयाँ योग्य कार्यकर्तालाई पार्टीमा क्रियाशिल हुन ठाँउ दिनु पर्दछ र तिनिहरुको व्यापक सहभागितामा वस्तुवादी परिणामलाई आत्मसातगर्ने राजनितिक संस्कृतिका लागि नयाँ नै चाहिन्छ । यसबाट मात्रै नयाँ निकास निकाल्न सकिन्छ ।
नयाँशक्ति नेपाली काँगे्रस बन्नु पर्छ । नेपालको नयाँ परिवर्तनले नयाँ नेतृत्व अर्थात नयाँ शक्ति खोजेको छ । त्यसलाई स्थापित गर्न १३ औँ महाधिवेसन अवसरको रुपमा हुनु पर्छ । काँगे्रस भित्र परम्परागत सोचाई कायम रह्यो भने नयाँ पुस्ताको आशा र विश्वास बलीयो हुदैन ।
आधुनिक प्रजातान्त्रिक समाजमा नेपाली काँग्रेसको विकल्पको अर्काे प्रजातान्त्रिक पार्टी नभएकाले पनि यो पार्टीमा क्रियाशिल युवा नेतृत्वले यसलाई स्वतन्त्रताप्रेमी, प्रगतिशिल, न्यायप्रेमी सबै मानिसहरुको भरोसायोग्य पार्टी बनाउन केन्द्रिय नेतृत्वका लागि ठुलो साहसका साथ हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु पर्दछ ।
अहिलेको समय अर्थात प्रजातन्त्रको युगमा कम्युनिष्ट पार्टीसँग प्रतिस्पर्धा गर्नु पर्ने नेपाली काँगे्रसको दुःखद अवस्थामा जीर्ण नेतृत्वलाई काँधमा राखेर अघि बढ्न खोजियो भने महेश बस्नेत, बाबुराम भट्टराई जस्ता मानिसहरुसँग नै प्रतिस्पर्धा गर्नुपर्ने बिडम्बना हुने छ र आधुनिक सभ्य समाजकालागि ठुलो धोका हुने छ । आधुनिक समयको माग र युवावर्गको व्यघ्र चाहनालाई साच्चिकै आत्मसात गर्ने हो भने बुढाको विश्राम र युवालाई आह्वान अनिवार्य भएको छ ।
नेपाली काँगे्रसमा क्रियाशिल लाखौं युवा, इमान्दार र योग्य कार्यकर्ताले आफूलाई कमजोर रुपमा प्रस्तुत गर्ने हो भने नेपाली काँगे्रसको भविष्यपनि सुनौलो रहन सक्दैन । त्यसैले काँगे्रस बलियो बनाउनकै लागि नयाँ नेतृत्व आवश्यक छ ।
काँगे्रस भित्र दोस्रो पुस्ताका नेताहरुले आफूलाई सानो तिनो स्वार्थमा अल्झिएर पद, पैसा र पिछलगुवा भएर बस्न खोजियो भने युगले धिक्कार्ने छ । समयले तिनलाई मात्र पछि पार्ने होइन सिंङगो पार्टी र देश पछि पर्ने छ ।
नेपालमा २०४६ सालमा प्रजातन्त्रको पुःनस्थापना भएको हो । २५ वर्ष पुगिसक्दा पनि विचार र कार्यक्रमको स्वतन्त्र प्रतिस्पर्धा हुन सक्दैन भने के का आधारमा उन्नतिको अपेक्षा गर्ने ? प्रजातान्त्रीक पार्टी, देशको नेतृत्वगर्ने पार्टीे नेपाली काँगे्रसले यसको अगुवाई गरेन भने कसले गर्ने ? विचलित नभइकन, बडो उत्साहका साथ नेपाली काँगे्रसका युवाहरुले यस पालिको नेतृत्वगर्ने छन् । यसमा विश्वस्त हुन नेपाली काँगे्रसलाई आशभरी नजरले हेर्नु हुन सबै समर्थक दाजुभाइ , दिदिबहिनीमा आग्रह गर्दछौ ।
युवा नेतृत्व अर्थात सशक्त, क्रियाशिल, प्रतिस्पर्धी र सक्षम नेतृत्व १३ औँ महाधिवेशनको प्रमुख कार्यभार हुनेछ । नयाँ मानिस पछि हटे नयाँ परिर्वतन पछि नै पर्छ । यसकारण नयाँ नेतृत्वका लागि नयाँ महाधिवेशन । नयाँ नेतृत्व, नयाँकार्यक्रम, नयाँ रुपान्तरण, नयाँ परिणाम ।