पार्टिको नेतृत्व लिन तयार छु : कोइराला

0
622

अर्घाखाँची माघ ३ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले आसन्न १३ औं महाधिबेसनबाट आफु पार्टि नेतृत्वमा जान चाहेको बताउनु भएको छ । कार्यकर्ता भेटघाट तथा जागरण अभियान अन्तर्गत गुल्मीको तम्घास र अर्घाखाँचीको सन्धीखर्चमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ कोईरालाले देशको बिषम परिस्थितीको समाधान काँग्रेसले गर्ने बताउनु भएको छ । पार्टि बलियो बनाउन युवा पुस्तालाई प्रशिक्षित गर्न जरुरी रहेको बताउँदै आफुले महिला सशक्तिकरणलाई अभियानको रुपमा अगाडी बढाउन लागेको जानकारी दिनु भयो । कोईरालाले नेपाली काँग्रेसको इतिहासमा महिलाले नेतृत्व गरेको क्षण आफुले गराउन सक्ने भएकाले आफुलाई सहयोग गर्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।sujataअहिले भाषण गर्ने समय नभएको भन्दै कोईरालाले परिणाम मुखि काम गर्न नेतृत्व पँक्तिलाई आग्रह गर्नु भयो । अब सबै पार्टिहरुले राष्ट्रिय एकतालाई बलियो बनाएर मात्रै देशको बिकास गर्न सक्ने भएकाले सबै मिल्नुको बिकल्प नभएको बताउनु भयो । उहाँले देश बिकासको लागि मिसन भिजन भएको ब्यक्तिले नेतृत्व लिनु पर्ने बेला भएको भन्दै अब बिदेशी लगानी नेपाल भित्रयाई जनतालाई बिकासको अनुभुति गराउनु पर्नेमा जोड दिनु भयो ।