फुल सिलिण्डर ग्याँस छिट्टै बजारमा : निगम

0
1072

माघ ४ काठमाण्डौ । भारतबाट खाना पकाउने एलपी ग्यासको आयातमा उत्पन्न अवरोधका कारण आधा सिलिन्डर मात्र ग्यास बेच्ने अनुमति दिएको सरकारले अब भरिएको सिलिन्डर बिक्री गर्ने तयारी गरिरहेको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशकले बिक्रेता र ग्राहक दुबै पक्षको माग अनुसार दुई हप्ताभित्र भरी सिलिन्डर दिने तयारी भएको जानकारी दिनुभयो।
वीरगंज नाकामा विगत चार महिनादेखि रोकिएका ग्यास बोकेका गाडीहरु सुनौली हुँदै ल्याउन थालिएकाले ग्यास आपूर्ति केही दिनमा सहज हुने आयल निगमले बताएको छ।
आपूर्ती बढेको निगमले बताएपनि बजारमा ग्यास अभाव भने कायमै रहेको छ।

विक्रेता र ग्राहक दुवै पक्षको मागलाई ध्यानमा राखेर भरिएका सिलिन्डर बेच्न दिने आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का बताउँनु भएको छ।

आधा सिलिण्डर ग्यास बेच्दा विक्रेता र ग्राहक दुवै पक्षलाई समस्या परेको भन्दै नेपाल एलपी ग्यास उद्योग संघले एक हप्ता अगाडि नै पुरा सिलिन्डर बेच्न स्विकृति मागेको थियो।
भारतसँगको सिमानामा अवरोध उत्पन्न भएपछि फाट्टफुट्ट मात्र भित्रिएको ग्यासको आपूर्ति गत पुस महिनादेखि बढेर ३३ प्रतिशत पुगेको व्यवसायीहरु बताउँछन्।