इरानसँगको सम्बन्ध सुध्रियो : ओबामा

0
777

माघ ४ एजेन्सी । अमेरीकी राष्ट्रपति बाराक ओबामाले इरानसंगको परमाणु सम्झौताको कार्यान्वयन र इरानबाट अमेरिकी बन्दीहरुको रिहाइले तेहरानबारेको आफ्नो नीति प्रष्ट भएको बताउनु भएको छ।
अबका दिनमा इरानले परमाणु हतियारबाट अलग राख्ने कुरामा आफू विश्वस्त भएको ओबामाको भनाइ छ ।
ओबामाले इरानको नयाँ पुस्तालाई नयाँ अवसरबाट फाइदा लिन आह्वान गर्नु भएको छ।
गत साताको कुटनीतिक सक्रियताको फलस्वरुपमा इरानको परमाणु कार्यक्रमलाई लिएर इरान माथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिवन्धहरु फुकुवा भएपछि ओबामाको यस्तो धारण सार्वजनिक भएको हो ।
अब इरानका जनता र अमेरीका मिलेर भविष्य निर्माण तर्फ अगाडी बढ्नु ओबामाको भनाइ थियो ।
केहि दिन अघि इरानले मुक्त गरेका तीन अमेरिकी बन्दीहरु जर्मनस्थित अमेरिकी सैन्य शिविरमा पुगेको वताइएको छ।