सामाजीक सञ्जालमा ओलीको निरन्तर आलोचना,कस्कस्ले के के भने ?

0
655

माघ ४ काठमाण्डौ । भारतको नाकाबन्दीका कारण खाना पकाउने ग्याँसको चरम अभाव भैरहेका बेला जनताको चुला चुलामा ग्याँसको पाईप पुर्याउँछु भन्ने अभिब्यक्ति दिएर चर्चामा आएका प्रधानमन्त्री के पी शर्मा ओली का त्यस्तै अपत्यारीला बक्तब्य आईरहेका छन् । उनले गर्न चाहेका तर नेपालको सन्दर्भमा कठिन लाग्न्ो कार्य जस्ले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई भन्न हुने देखि कल्पनै गर्न नसकिने सम्मका शब्दहरुको प्रयोग गरि आलोचना हुन थाले जुन आज सम्म पनि जारी छ ।

उनका भाषणहरु यस्ता छन् ।

१ हावाबाट बिजुली निकाल्ने ।
२ घरघरमा ग्याँसको पाईप पुर्याउने ।
३ काठमाण्डौमा बिद्युतिय सवारी चलाउने ।
४ एक बर्ष भित्र लोडसेडिको अन्त्य गराउने ।
५ पूर्व पश्चिम रेल चलाउने ।
उनका भाषण योजनामा पर्ने हो र काम अगाडी बढ्ने हो भने असम्भव छँदैछैन तर हाम्रा नेताहरु ब्यक्तिगत लाभका कामहरुमात्रै गर्ने तर जनताको हित हुने कार्य नगर्ने भएकाले ओलीको भनाईको चौतर्फी आलोचना भएको हो ।
आलोचनामा क कस्ले के के भने ।
विष्लेशक खगेन्द्र संग्रौलाले चुलामा ग्यास, बैठकमा तेल,ढोकामा रेल,पिँडीमा खिर,छानामा सुनको गजुर,छातीमा हीराको हार,आँगनमा स्वर्ग जाने केबुल कार । हैट्, खुस्केट खड्गप्रसाद भनी ओलीको आलोचना गरेका छन् ।
पत्रकार नारायण अर्यालले पर्यटनको विकासको लागि एक वर्ष भित्रै काठ्माण्डु नजिकै सगरमाथा बनाइने छ । सगरमाथा चढ्न सोलु गैराख्नु पर्दैन ।ईश्वर तिमीले के पी ओली बनायौ जगत हसायौ ।लौ मिटर खोज्न जानू पर्यो, सरकारले ग्यासको पाइप जोड्दिन्छ रे । अब प्रधानमन्त्रीले भन्नेछन पैसा कमाउन बिदेश जानू पर्दैन, पाइपबाट घरघरमा ल्याउने ब्यवस्था मिलाइने छ । पत्रकार रमेश वाग्ले लेख्छन् हे केपी ओली तिम्रो चर्चा हजार जिब्रो भएका शेषनागले सक्तैनन् नेपाली जनताले कसरी सक्लान् र ? पत्रकार रबिन्द्र सुबेदी लेख्छन् भूकम्प पीडितलाई कम्मल बाँडीरहन पर्दैन । अब त्रिपालका छाप्राछाप्रामा एसी जोडिन्छ ।पत्रकार नकुल अर्याल नया नेपालमा प्रत्येक नवजात शिशुको नाम जन्मजातै डा।केपी शर्मा ओली हुने व्यवस्था मिलाईएको हरेक दम्पतीलाई जानकारी गराउन चाहन्छु,शनिबारको दिन न्यूज लेख्न जाँगर भएन । लौन प्रधाामन्त्री ज्यू पिटिक्क स्वीच थिच्दा स्कुप न्यूज आउने बनाइदिनुपरो भनि आलोचना गर्छन।
यति मात्र होईन प्रधानमन्त्री ओ ली लाई धेरैले यसरी सुझाव पनि दिए ।
सगरमाथा टुडिखेलमा ल्याइदिन्छु,जनताको घर घरमा हेलीप्याड बनाइदिन्छु । सगरमाथा फोडर ग्याँस निकाल्छु,बाग्मती पेटेल बगाउँछु,मान्छेको शरिरबाट ग्यास निकाल्छु । गाँउ गाँउलाई औधोगीकीकरण गराउँछु । पढ्दै नपढि डाक्टरको उपाधि दिन्छु । भन्ने जस्ता ब्यग्यात्मक सुझाव दिने क्रम अझै रोकिएको छैन भने प्रधानमन्त्रीले पनि जाने जति र सुने जति भन्न बाँकी राखेका छैनन् । सामाजिक सञ्जालमा गरिएको ब्यंग्य हेरीसके पछि ओलीले आफु फेसबुक र ट्वीटर हेरेर काम नगर्ने प्रतिक्रिया दिनुले समाजिक सञ्जालमा आउने प्रतिक्रियाको अर्थ देखिंदैन तर पनि आलोचना गर्ने क्रम भने निरन्तर जारी रहेको छ ।