बिधान संशोधन गर्ने एमालेको निर्णय, कार्यदलमा को को परे ?

0
1580

४ माघ, काठमाडौं । नेकपा एमालेले संसदीय दलको बिधान संशोधन गर्ने निर्णय गरेको छ । नेकपा एमालेले संसदीय दलको विधान संशोधनका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संसदीय दलको बैठकले प्रमुख सचेतक भानुभक्त ढकालको संयोजकत्वमा कार्यदल गठन गरेको हो । ढकाल नेतृत्वको कार्यदलमा सचेतक गोकुल घर्तीमगर तथा सांसदहरु डा वंशिधर मिश्र, शिवकुमारी गोतामे र अनारकली मिया सदस्य रहेका छन् ।
एमालेको संसदीय दल संविधानसभा कायम रहेका बेलाको विधान अनुसार चल्दै आएको छ ।
एमालेले संसदीय बोर्ड गठनबारे गृहकार्य गर्ने जिम्मेवारी प्रमुख सचेतक र सचेतकलाई दिएको छ ।
बैठकले व्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई पारित गर्ने र कांग्रेस सांसदहरुले दर्ता गराएको संशोधन प्रस्तावबारे कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।