अबको पार्टि सभापति मै हुँ : पौडेल

0
392

माघ ४ दाङ । नेपाली काँंग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी १३ औ महाधिबेसन पछिको पार्टि सभापति आफै भएको घोषणा गर्नु भएको छ । महाधिबेसनको तयारी भैरहँदा आफुलाई बिभिन्न प्रलोभन देखाइएको भए पनि उम्मेद्वारीबाट कुनै पनि हालतमा पछाडी नफर्किने बताउनु भएको छ ।
सोमबार दाङमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले परिवर्तित अबस्था अनुसार पार्टीलाई खरो रुपमा प्रतिष्पर्धामा उर्तान नेपाली काँग्रेसमा आफ्नो नेतृत्व आवश्यक रहेको दाबी गर्नु भएको हो ।