काठमाडौ, ५ माघ । व्यवस्थापिका संसदमा पेश भएको संबिधान संशोधन प्रक्रिया आजबाट सुरु हुने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा नेपालको संविधान पहिलो संशोधन विधेयक २०७२ माथि दफाबार छलफल गर्न संविधान संशोधन विशेष समिति गठन सम्बन्धि प्रस्ताव पेश गर्ने तयारी गरेको छ । संशोधन गर्न लागिएको धारामा छलफल भएसंगै संविधानको धाराहरु संसदको दुई तिहाई बहूमतले पारित हुँदै जाने संसद सचिवालयले जनकारी दिएको छ । राजनीतिक दलको विवादका कारण संसदको नियमावली निर्माणमा ढिलाई भएको छ । दलहरुबीच सहमति भए एकै दिनमा नै संसोधन प्रक्रिया पुरा गर्न सक्ने संसद सचिवालयले जनाएको छ । यता संसद बैठक बस्नु अघि मधेशी मोर्चा र तीन दल बिचको बार्तालाई औपचारीक रुपमा अन्त्य गर्न मोर्चाका नेताहरु र शिर्ष नेतृत्व बिच अन्तीम प्रयास हुने भएको छ । आजै सहमतीमा हस्ताक्षर गरी सबैदलको सहमतीमा संबिधान संशोधन हुने नेताहरुको बिश्वास रहेको छ ।