चीनको आर्थिक बृद्धिदर दूइ दशक यताकै न्युन !

0
599

माघ ५ एजेन्सी । बिश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनको आर्थिक वृद्धिदर सन् २०१५ मा ६ दशमलव ९ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ। यो डाटा २५ वर्षयताकै सबैभन्दा कम भएको बताइएको छ। अघिल्लो वर्ष चीनको आर्थिक वृद्धिदर ७ दशमलव ३ प्रतिशतमा रहेको थियो।
विश्वको दोस्रो ठूलो अर्थतन्त्रको वार्षिक आर्थिक वृद्धिदर विश्वव्यापी अपेक्षा अनुसार नै रहेको आर्थशास्त्रीहरुको बिश्लेषण रहेको छ। चीन सरकारले सन् २०१५ मा ७ प्रतिशतले आर्थिक वृद्धि हुने औपचारिक लक्ष्य निर्धारण गरेको थियो तर उस्ले लक्ष्यमा पुग्न ०.७५ प्रतिशतलेमात्रै असफलता पाएको छ । चिनियाँ प्रधानमन्त्री लीक् चियाङ्गले नयाँ रोजगारीको अवसर रहँदा सम्म मन्द गतिको आर्थिक वृद्धिदर लक्ष्य अनुरुप हुन नसक्ने बताएका छन्।