माघ ५ एजेन्सी । माल्दिभ्सका विपक्षी दलका नेता एवं पूर्व राष्ट्रपति मोहम्मद नाशिद ढाडको शल्यक्रिया गर्न बेलायत गएका छन्। उनको पार्टिको भनाईमा सरकारले अघि सारेको नयाँ शर्तका कारण नासिदको उपचार बेलायतमा गर्न ढिलाई भएको थियो।
उनलाई गत वर्ष मात्रै कानुनको अवज्ञा गरेको अभियोगमा १३ वर्षको कैद सजाय सुनाइएको थियो।
नाशिदले उपचार सकिएपछि आफ्नै देश फर्कन एक कागजमा हस्ताक्षर गरेको माल्दीभ्स सरकारले जनाएको छ ।
नाशिदका भाइले उनलाई स्वदेश फर्काउने सम्बन्धमा कागज गरेको समाचारमा जनाइएको छ । अन्तर्राष्ट्रिय समुदायका दबाबका माझ माल्दिभ्स सरकार गत शनिबार मात्र नाशिदलाई उपचारको निम्ति विदेश जान अनुमति दिन राजी भएको थियो। उनलाई सन् २०१२ मा एक न्यायाधीशलाई पक्रन आदेश दिएको अभियोगमा थुनिएको थियो।
पछि सैन्य विद्रोहमाझ उनी सत्ताच्यूतमा परेका थिए।