नबनीर्माणको अभीयानमा जुट्न थापाको अपील !

0
361

माघ ५, काठमाण्डौ । उप—प्रधान मन्त्री कमल थापाले पुनर्निर्माणलाई राष्ट्र निर्माणको अवसरमा बदली समृद्ध राष्ट्र नीर्माणमा जुट्नु पर्ने बताउनुभएको छ । भूकम्पीय क्षतीग्रस्त जील्लामा मात्र नभई सबै जिल्लामा नवनिर्माणको अभियान थालेर देशलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो । पश्चिमाञ्चलस्तरीय अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीको मंगलबार पोखरामा उद्घाटन गर्दै थापाले ‘भूकम्पले जनधनको क्षतिसँगै सांस्कृतिक, पुरातात्विक संरचना मात्रै क्षति पु¥याएको नभई देश जनताको ५लाख घर क्षती भएको बताउनुभयो । संविधानका केही कमीकमजोरीका बाबजुद देश नयाँ युगमा प्रवेश गरेको उहाको धारणा थियो । सशस्त्र द्वन्द्व र राजनीतिक संक्रमणकालका नाममा २ दशक समय त्यसै खेर गएको भन्दै उहाले अब आर्थिक विकास, सुशासन र आर्थिक समृद्धि प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । जनप्रतिनिधिबिहीन भएको अवस्थामा स्थानीय निकायको सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै उहाले कर्मचारीको प्रशंसा गर्नुभयोे । संविधानको भावना अनुसार छिटै स्थानीय निकायको निर्वाचन आवश्यक रहेको भन्दै यसका लागि तयार रहन स्थानीय निकायका प्रमुखहरुलाई मन्त्री थापाले निर्देशन दिनुभयो ।