आफ्नो नाम नबेच्न बाबुरामलाई गगनको चेतावनी !

0
1338

माघ ५ अर्घाखाँची, नेपाली कांग्रेसका युवा नेता गगन थापाले नयाँ शक्तिबनाउने नाममा बाबुराम भट्टराईले आफूलाई दुःख दिएको बताउनु भएको छ । भट्टराईले युवा नेता तथा बुद्धिजीविहरुसँग छलफल भइरहेको भन्दै सबै पार्टीका युवा नेता नयाँ शक्तिमा आउँछन भनेर आफनो नाम जोडेकोमा भट्टराईको आलोचना गर्नु भयो ।

पार्टीको १३ औं महाधिवेशनको सीलसिलामा जिल्ला दौडाहमा जाँदा जहाँ पनि कार्यकर्ता र पत्रकारले एउटै प्रश्न सोधेर आफु हैरान भएको भन्दै आईन्दा आफ्नो नाम नबेच्न भट्टराईलाई चेतावनि दिनु भयो । नेपाली कांग्रेस अर्घाखाँचीले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न सन्धिखर्क पुग्नु भएका थापाले प्रेस यूनियनको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेसमा आफ्नो ठूलो योगदान रहेको भन्दै आफुले जीवनमा कांग्रेस भन्दा अरु कुनै पार्टि सोच्न नसक्ने धारणा राख्नु भयो।  भट्टराईले बेकारको हावादारी हल्ला चलाएको बताउँदै आफु कांग्रेस मै भएकाले नयाँ शक्तिको बारेमा सोच्ने फुर्सद पनि नभएको जिकीर गर्नु भयो।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका थापाले केपी ओली नेतृत्वको सरकारको सय दिनको उपलब्धि हात लाग्यो शुन्य जस्तै भएको बताए । काम नगर्ने तर सरकारमा बसिरहने खोल मात्रै भएकाले कांग्रेसको महाधिवेशनपछि नयाँ सरकार गठन हुने दाबी ठोकुवा गर्नु भयो । थापाले आफू महामन्त्रीको उम्मेदवार रहेको घोषणा समेत गर्नु भयो ।