पाकिस्तानमा आतंकबादि हमला १२ को मृत्यु ।

0
332

माघ ५ एजेन्सी  । पाकिस्तानको उत्तरपश्चिमी प्रान्तीय राजधानी पेसावरमा रहेको एक प्रहरीचौकीमा मङ्गलबार गराइएको विस्फोटमा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । सो विस्फोटनमा एक बालकसहित ११ जनाको मृत्यु भएको बताइएको छ । यस विस्फोटमा परी अन्य १७ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । पेसावर जिल्ला र जम्रुद सहरको सीमा क्षेत्रमा रहेको  प्रहरी जाँच चौकीमा सो घटना भएको जनाइएको छ ।  विस्फोटनमा मारिएका व्यक्तिहरुमा एक बालक र स्थानीय पत्रकारसमेत रहेका जनाइएको छ । घाइतेमध्ये करिब सातजनाको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने बुझिएको छ ।  यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा लिएको छैन । प्रहरीले सो हमलामा तालिवानको हात रहेको अनुमान गरेको छ ।