पूर्वाधार बिकासमा लगानी गर्न एसियाली पूर्वाधार लगानी बैंक तयार

0
516

माघ ६ काठमाण्डौ । एसियाली पूर्वाधार लगानी बैंक एआईआईबीले नेपाललाई पूर्वाधार बिकासमा लगानीका लागि ठोस प्रस्ताव पठाउन आग्रह गरेको छ।
चिनियाँ नेतृत्वमा गत साता गठित उक्त बैंकको उद्घाटन बैठकमा सहभागी हुनु भएका अर्थमन्त्री विष्णु पौडेलले छिट्टै जलविद्युत, सडक र विद्युत प्रसारणका लाइनसहित तीनवटा क्षेत्रलाई प्राथमिकतामा राखी लगानीको प्रस्ताव पठाईने जानकारी दिनु भएको छ ।बैंकका अध्यक्ष जीन लीक्वनले नेपाललाई सहयोग गर्न तयार भएको र ठोस प्रस्ताव आए यसैवर्ष सहयोग गर्न सकिने बताएको अर्थ मन्त्री पौडेलले जानकारी दिनु भयो।
११ सदस्यीय सञ्चालक समितिको सदस्यमा समेत नेपाल छानिएकोलाई उपलब्धी भएको बताउँदै पौडेलले पूर्वाधार,जलविद्युत आयोजना, विद्युत प्रसारणलाइन र सडक सञ्जाल जस्ता विषयमा केन्द्रित भएर मूर्त प्रस्तावहरु तयार गर्ने बताउनु भएको छ । विश्व बैंकजस्तै उद्देश्यका साथ चीनको पहलमा उक्त बैंक गठन भएको हो।
त्यसले खासगरी कम विकसित मुलुकको पूर्वाधारमा लगानी गर्ने भनेकोले नेपाल जस्ता थुप्रै विकासोन्मुख राष्ट्रले यसबाट फाइदा उठाउन सक्ने अर्थमन्त्रीको भनाई छ।