राष्ट्पतिय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई पेलिनको सर्मथन

0
377

माघ ६ एजेन्सी । बिश्वकै शक्तिशाली देश अमेरीकाको राष्ट्पतिको निर्वाचनले बिश्वको ध्यान तानेको छ । रिपब्लिकन र डेमोक्रेटिक पार्टीको बिच प्रतिस्पर्धा हुने निर्वाचनबाट कुन पार्टीको प्रतिनीधि बिजय होला भन्ने अड्कलबाजी सबैतिर भइरहेको छ । यहि क्रममा रिपब्लिकन पार्टीको तर्फबाट उपराष्ट्रपति पदकी उम्मेदवार रहिसकेकी सेराह पेलिनले राष्ट्रपति पदका लागि चुनावी दौडमा रहेका डोनाल्ड ट्रम्पलाई अनुमोदन गरेकी छन्।
अर्बपति उम्मेदवारलाई हालसम्म समर्थन गर्ने उनी पहिलो ब्यक्ति हुन्।
उनले सीमा नाका र रोजगारी तथा हाम्रो घर सुरक्षित गर्न सक्ने उम्मेदवारका लागि आगामी राष्ट्रपतिका रुपमा ट्रम्पलाई समर्थन गरेको बताएकी छिन् । अलास्काकी लोकप्रिय पूर्व गभर्नर पेलिन रिपब्लिकन पार्टीमा प्रभावशाली नेतृ मानिन्छिन्।
पेलिनको प्रचारप्रसार समूहद्वारा जारी विज्ञप्तिमा उनले अर्बपति उम्मेदवारलाई समर्थन गर्दा आफूलाई गर्व लागेको बताइएकी छन्।