बिप्लब माओबादिमा बिचलन,नेतृत्व निकम्मा भएको आरोप !

0
567

काठमाडौ, ६ माघ । नेत्र विक्रम चन्द विप्लव नेतत्वको नेकपा माओवादीमा बिचलन आएको छ । उक्त पार्टीका चार केन्द्रीय सदस्यसहित कयौं कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । राजधानीमा बुधबार पत्रकार सम्मेलन गरेर विपल्व माओवादी परित्यागको घोषणा गरेका हुन । पार्टी परित्याग गर्नेहरुमा केन्द्रीय सदस्यहरु ठाकुरप्रसाद चापागाई, गगनबहादुर थापा, तेजप्रसाद अधिकारी र बसन्त घर्तीमगरसहितका नेता कार्यकर्ता रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै ठाकुरप्रसाद चापागाईले नेपालको आर्थिक संरचनालाई कसरी परिवर्तन गर्ने भन्ने सोचमा बिप्लबको नेतृत्व बिफल भएको भन्दै महासचिवको आलोचना गर्नु भएको थियो । पुर्व जनमुक्ति सेनाका बटालीयन कमिसार समेत रहेका केन्द्रीय सदस्य गगनबहादुर थापाले विप्लव माओवादीले भनेजस्तो अहिलेको समयमा जनयुद्ध सम्भव नभएको बताउनुभयो ।  उहाँले १० वर्षे जनयुद्धको त्यागको मुल्य मान्यतालाई माओवादीधारी पार्टीका नेताहरुले आत्मसाथ गर्न नसकेकाले विकल्पको रुपमा आफुहरु पार्टी छाड्नु पर्ने मोडमा पुगेको धारण राख्नु भयो । विप्लव माओवादी परित्याग गर्नेहरुमा विद्यार्थी केन्द्रीय सदस्य तथा मगरात मुक्तिमोर्चा संघर्ष समितिका अध्यक्ष मिनराज केसी, पूर्व जनमुक्ति सेनाका हरि पौडेल, प्रदिप थापालगायत रहेका छन् ।