पाकिस्तानको एक बिश्वबिद्यालयमा आतंकबादि हमला, हताहतीको बिबरण आउन बाँकी

0
348

पाकिस्तान, ६ माघ । उत्तरपश्चिमी पाकिस्तानी सहर पेसावरको एक विश्वविद्यालयमा बुधबार अज्ञात बन्दुकधारीहरुले आक्रमण गरी एकजना शिक्षकको हत्या गरेका छन् ।  बुधबार बिहान गरेको हमलामा परी कम्तीमा पनि एकजना प्राध्यापकको ज्यान लिएको समाचारमा जनाइएको छ । घटनामा परी दर्जनौँ विद्यार्थी घाइते भएका छन् । उक्त आक्रमणमा परि केहि हतियारधारीको समेत ज्यान गएको स्थानियले बताएका छन् ।  पेसारवर नगरबाट ५० किलोमीटर पर रहेको नगर चारसद्दामा रहेको बचाखान विश्वविद्यालयको क्याम्पसमा सो हमला भएको उक्त विश्वविद्यालयका उपकुलपति फजाल रहिम मारवातले जानकारी दिनुभएको हो ।