पार्टी एकताका लागि मेरो उमेद्धारी : देउवा

0
392

 माघ ६ दाङ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकिकृत बनाउने दायित्व आफ्नो काँधमा आएको बताउनुभएको छ । गिरिजाबाबु र मैले पार्टी मिलाएको भन्दै नेता देउवाले आफुले नेतृत्व लिएसँगै पार्टी भित्रको गुट उपगुटको अन्य हुने दाबी गर्नु भयो । नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता देउवाले आफ्नो कार्यकालमा पार्टीलाई मुलुकको बहुमत प्राप्त पार्टी बनाउने दाबी गर्नुभयो । उहाँले काँग्रेसको पदाधिकारी बढाउने र विधान संशोधन गर्ने कुरा सबै सहमतिमा मात्रै हुने बताउनुभयो । उहाँले नेपाली काँग्रेसले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव पारित भए मुलुकले भोग्दै आएको विद्यमान समस्या समाधान हुने बताउनुभयो ।