इन्धन कालोबजारीमा सरकारकै संलग्नता:आयोग

0
296

माघ ७,काठमाडौं: इन्धन तस्करीमा सरकारी सुरक्षा निकाय र प्रशासन समेत  संलग्न रहेको आशंका मानब अधीकार आयोगले  गरेको छ। एक महिना सम्मको निरन्तर अनुसन्धान गरेको  आयोगले उक्त प्रतिबेन सार्बजानिक गरेको हो। देशको आर्थिक अधिकार संरक्षण गर्ने प्रमुख स्रोत राजस्वसमेत दिनानुदिन गुम्दै गएको आयोगको प्रतिवेदनमा उल्लेख छ। यस्ता गतिविधि रोक्न सरकारी संयन्त्र असफल भएको आयोगको प्रतिवेदनमा छ। दैनिक आवश्यकीय सवारी साधनमा समेत इन्धन उपलब्ध नगराएको भन्दै सरकारी कार्यको आलोचना गरिएको छ । बालबालीका तथा युवाहरुले अबैध रुपमा पेट्रोल ओसारपसार गर्दैगर्दा युवा जनशक्ति आपराधिक क्रियाकलापमा संलग्न हुन सक्ने आयोगको प्रतिबेदनमा उल्लेख छ।