संसद बैठक सुरु,सांसदद्धारा जनचासोका बिषयमा सरकारको ध्यानाकर्षण ।

0
787
संबिधानसभा भवन

काठमाडौँ ७ माघ । तीन दल र मोर्चा बिच सहमती हुन नसके पछि ब्यबस्थापिका संसदको बैठक शुरु भएको छ । बैठकको सूरुमा शून्य समयमा विभिन्नदलका सांसदहरुले सार्वजनिक चासोका विषयहरु उटाएका छन्। नेपाली काँग्रेसका सांसद अनिता देवकोटाले नेपाल पत्रकार सङ्घका प्रथम सभापति कृष्णप्रसाद भट्टराईको नाममा स्थापनाको तयारीमा रहेको कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रतिष्ठानको नाम परिवर्तन गर्ने वर्तमान सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सन्त नेता भट्टराईको नाम नहटाउन सरकारसँग आग्रह गर्नुभयो । नेपाली काँग्रेसका कमलप्रसाद पँगेनीले भूकम्पपीडितका समस्याबारे सदनमा धेरै बहस भएपनि स्याङजाका पीडितमाथि भेदभाव भएको र अघिल्लो सरकारले छुट्याएको रकम समेत नपुगेको भन्दै तत्काल राहतको माग गर्नुभयो । सोही दलका आङटावा शेर्पाले निर्वाचित सांसदको क्षेत्रका बाटाघाटा प्राथमिकताकासाथ कालोपत्र गर्ने घोषणा गरिएको भएपनि त्यसो नभएको र रामेछापका भूकम्पपीडितले राहत नपाएको गुनासो गर्नुभयो । एनेकपा (माओवादी) का ओम्दी शेर्पाले ताप्लेजुङका पहिरो पीडितले आजसम्म सहयोग नपाएको भन्दै जिल्ला अस्पतालको स्तरोन्नति मा राज्यले ध्यान नदिएको जानकारी गराउन्ु भयो । राप्रपा नेपालका सांसद कान्ता भट्टराईले कवितात्मक शैलीमा वर्तमान सरकारप्रति व्यङ्ग्य गर्नुभयो ।  त्यसअघि, थरुहट तराई पार्टी नेपालका गोपाल दहितले संविधान जारी हुनुअघिदेखि जारी आदिवासी, थारु, जनजातिको आन्दोलन अहिले पनि अन्त्य नभएको भन्दै परिणाममुखी वार्ताका लागि सरकारसँग आग्रह गर्नुभयो ।  उहाँले तराई मधेस केन्द्रित छ दलले आजको बैठक बहिष्कार गर्ने घोषणा गरेपछि सांसद दहितसहितका सांसद सभाबाट बाहिरिएका थिए ।