मधेश आन्दोलनमा ४९ जना मारिए : मानव अधिकार आयोग

0
698

माघ ७ काठमाण्डौ । राष्ट्यि मानब अधिकार आयोगले मधेश आन्दोलनका क्रममा ४९ जनाको ज्यान गएको जनाएको छ । बालबालिका तथा सुरक्षा कर्मी गरी ४९ जनाको ज्यान गएको आयोगद्धारा बिहिबार जारी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । आयोगले आन्दोलनको अनुगमन गर्दै देखिएका त्रुटि सच्चाउन पनि सम्बन्धित पक्षको ध्यानकर्षण गराउँदै आएको छ । आयोगले बारा,पर्सा,रुपन्देही,महोत्तरी,सिराहा,सप्तरी,मोर,सुनसरी लगायतका जिल्लाको अनुगमन पछि यस्तो रिपोट सार्वजनिक गरेको हो ।
साथै सम्बन्धित जिल्लाको सत्य तथ्य बुझ्न ५ ओटा अनुसन्धान टोलीलाई सम्बन्धित जिल्लामा खटाएको छ । अनुसन्धानमा सहयोग गरिदिन आयोगले पिडीत परिवार तथा सबैमा अपिल समेत गरेको छ ।