बिश्व बजारमा तेलको मुल्य प्रति ब्यारेल १० डलरमा झर्ने अनुमान ।

0
434

माघ ८ एजेन्सी । बिश्व बजारमा कच्चा तेलको मूल्य घट्ने क्रम जारी रहेको छ । पछिल्लो समय मूल्य घटेर २८ डलर प्रति ब्यारेलभन्दा पनि तल गएको छ। बेंट क्रुडको मूल्य २७.६७ प्रति ब्यारेल पुगेको छ। यो सन् २००३ यताकै सबैभन्दा सस्तो मूल्य हो । उता अमेरिकी क्रुडको मूल्य प्रति ब्यारेल २८.३६ सम्म तल झरेको छ। अधिकांश विश्लेषकहरुले सन् २०१६ का लागि तेलको मूल्यको अनुमान कम गरेका छन् । विश्लेषकहरुका अनुसार यदि चीनले आफ्नो मुद्रा अरु अवमूल्यान गरे तेलको मूल्य प्रति ब्यारेल २० डलर आसपाससम्म गिर्न सक्नेछ ।  स्कटल्याण्डका अर्थशास्त्रीका अनुसार तेलको मूल्य १६ डलर प्रतिब्यारेलसम्म तल झर्न सक्ने अनुमान गरिएको छ । यता स्ट्यान्डर्ड चार्टर्डको अनुमान अनुसार तेलको मूल्य प्रतिब्यारेल १० डलरसम्म आउन सक्नेछ । मूल्य घट्नुको स्पष्ट कारण आपुर्ति बढी हुनु र माग कम हुनु नै हो । चीनको आर्थिक गति कम हुँदा आमरुपमा वस्तुहरुको माग कम भएको छ। यता ओपेक देशमध्ये एक तिहाई उत्पादन गर्ने साउदी अरेवियाले उत्पादन कम गरेर मूल्य बढाउनुको साटो आफ्नो बजार हिस्सा कायम राख्न जुटेको छ। यहीबेला अमेरिका तेल आयात कम गर्ने तयारीमा छ  ।  यसैबीच वुड मैकेन्जीका तेल विश्लेषक एलन गेल्डेर भन्छन्–तुलको मौजुदा मूल्यमा पनि उत्तरी सागरका धेरै तेल उत्पादकलाई साँच्चिकै कठिनाइ हुन थालेको छ।  यता मागमा कमी आउँदा विशेषगरी चीन र नयाँ बजारमा तेलको मुल्य बढ्ने आशा कमै देखिएको छ।  यद्यपि पेट्रोल पम्पबाट तपाईले पाउने तेलमा यो मूल्य गिरावट पूर्णरुपमा देखिने छैन । बिश्व बजारमा तेलको मुल्यमा यति धेरै गीरावट आए पनि नेपाल जस्ता अल्पबिकसीत देशको लागि भने सस्तोमा तेल खरिद गर्न पाउने राम्रो अवसर पनि हो ।