राष्ट्रियकरणको मुद्धा बाँचुन्जेल छोड्दिन : कलाकार सिंखडा

0
960

कलाकार श्रीकृष्ण सिंखडा सामाजिक क्षेत्रमा निकै सक्रिय देखिन्छन् । समाज प्रतिको उनको सक्रियता के को लागि ? कतै राजनीतिमा जाने चाहना त होईन ? प्रमुख राजनीतिक दलका नेतहरुसंग गहिरो संबन्ध भएका उनि आखिर के का लागि गरिब जनताको घर दैलो चहारिरहेका छन् ? प्रस्तुत छ यिनै बिषयमा कलाकार श्रीकृष्ण सिंखडासंग गरिएको सटिक सवाल जवाफ …..
१. तपाईको सामाजिक सक्रियता पछाडीका उद्धेश्यहरु के के हुन् ?
राजनीति अलिकति पनि नबुझेका युरोप र अमेरीकबाट भर्खरै बिमान स्थिलमा अवतरण भएका पर्यटक नेपाल सरकारको मन्त्री परिषद सदस्य भएजस्तो देखिन्छ नेपाली राजनीति । यति सानो मुलुक र राजधानी काठमाण्डौमा को मान्छे कहाँ, कहिले र कसरी प्रकट भयो भन्न्ो कुरा सजिलै थाहा पाउने भएकाले पनि राजनीतिमा पर्यटकहरु हावी भए भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । यि कारणले म राजनीतिको शुद्धिकरणका लागि लागीपरेको छु ।
२. प्रमुख दलका शिर्ष नेतृत्वसँग निकट सम्बन्ध भएकै कारण राजनीतिमा जाने चाँजो पाँजो मिलाउन खोज्नु भएको त छैन ?
अहिलेको राजनीतिमा मेरो प्रबेशले आफ्नो भएको अस्तित्व समाप्त पार्न चाहन्न । नयाँ प्रकारको राजनीतिक परिवेश बनेमा समयले नै निर्धारण गर्ने छ ।
३.तपाईको प्रमुख एजेण्डा भनेकै राष्ट्रियकरण हो कसरी सम्भव छ ?
पूँजीबादी र समाजबादमा यो सम्भव छैन जस्तो देखिन्छ । तथापी पुराना कानूनका कारण धनी र गरिब बीचको खाडल बडेको छ । प्रतिक्रियबादिहरु पुराना कानूनलाई संशोधन गर्न चाहन्न् किन की यिनीहरुले लुटका छन् । हो त्यही लुटेको भूगोल राज्यको स्वामित्वमा रहनका लागि मैले राष्ट्रियकरणको मुद्धा उठाएको ।
४.यस्को शुरुवात तपाई आफैबाट गर्न सक्नुहुन्छ ?
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराइलाइ औपचरीक रुपमा मैले आफ्नो लालपुर्जा दिने घोषण उहाँकै अगाडी  जनता समक्ष गरेको हुँ तर त्यसको चित्त बुझ्दो जवाफ भट्टराइबाट आएन ।  हो शंका मलाई यहिं छ । राजनेता यो बिषयलाई किन कार्यान्वयन गर्न सक्दैनन् कतै यिनीहरुले नै त लुटेका छैनन् भूगोल शंका छ । वर्तमान सरकारले आँट गर्छ भने म सबै सम्पत्ति राज्यलाई बुझाउन तयार छु ।
५.तपाईको बुझाइमा नेपाल कता जाँदै छ ?
नेपाल उत्तर,दक्षिण कतै पनि जादैन आफ्नै ठाऊँमा अझ बलियो बनेर उभिने छ । तर गतिबिधी निकै शंकास्पद र कूटिल छ । जनताले यस्लाई बिफल पारेरै छोड्छन् । सबै भन्दा ठूलो कुरा समय हो भविष्य यसैले निर्धारण गर्छ ।