संसदमा संबिधान संशोधन बिद्येयकमाथि छलफल जारी

0
569
संबिधानसभा भवन

माघ ८ काठमाण्डौ ।  व्यवस्थापिका संसदमा संबिधान संशोधन बिद्येयकमाथि छलफल भईरहेको छ । आन्दोलनरत संयुक्त मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संसदमा बोल्दै जब निर्णायक वार्ता हुनलाग्छ, तब सरकारले आन्दोलनकारी माथि गोली चलाउने गरेको आरोप लगाउनुभएको छ । उहाँले जब निर्णायक वार्ता हुनलाग्छ, तब सरकारले गोली चलाएको भन्दै सप्तरीमा, वीरगञ्जमा, र हिजो मोरङकोे रंगेलीमा प्रहरीले ताकी ताकी गोली हानेको आरोप लगाउनुभयो । शान्तिपूर्ण कार्यक्रममा सरकारले दमन गर्ने हो भने वार्तामा बस्नुको कुनै औचित्य नरहेको उहाँको जिकर छ । बैठकको शुरुमै कर्णले धारणा राखेपछि मोर्चाले बैठक बहिष्कार गरेको हो । मोर्चाले बहिष्कार गरे पनि संसद् भने जारी छ । शुन्य समयमा सांसद्हरुले हिजोको रंगेली घटना बारे सरकारसँग जवाफ मागेका छन् । आज दफाबार छलफल सकिए प्राप्त संशोधन निर्णयार्थ पेश हुनेछ । संशोधन निर्णयार्थ पेस हुने क्रम सकिएपछि मात्र संशोधन विद्येयक पारितको चरणमा प्रवेश गर्नेछ तर यसबीचमा राजनीतिक कोर्स परिवर्तन भएमा दफाबार छलफलपछि सहमति अनुसार संशोधन प्रक्रिया अगाडि बढाउन संशोधनबारे थप छलफल र विद्येयक परिमार्जिनका लागि विशेष समिति गठन हुन सक्नेछ ।